८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


मंगलबार नेप्से १९ अंकले घट्यो


0
Shares

काठमाडौं, साउन १८ । मंगलबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आयो ।

यसदिन नेप्से १९ अंकले घटेर १८ सय २६ बिन्दूमा आइपुग्यो । यसदिन उत्पादनमूलक समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।

बीमा समूहमा सबैभन्दा उच्च १ सय ४६ अंकले गिरावट आयो । यस्तै, होटल समूह ३७ अंकले, जलविद्युत् २९ अंकले, विकास बैंक समूह २४ अंकले र वाणिज्य बैंक समूहमा पनि १८ अंकको गिरावट आयो । उत्पादनमूलक समूह भने ३४ अंकले बढ्यो ।

यसदिन १ सय ३९ कम्पनीको करिब ३३ लाख कित्ता शेयर १ अर्ब ४२ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।