
काठमाडौं, साउन १८ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार तथा उद्योगको अनुगमनकाक्रममा कैफियत भेटी केही उत्पादन जफत् र उद्योगमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
विभागले मंगलबार सातदोबाटोस्थित सेल्सबेरी डिमार्टमेन्टल स्टोरको अनुगमनकाक्रममा आवश्यक लेबल नभएका जुस बिक्रीका लागि राखिएको पाएसँगै ४७ बोटल जफत् गरी स्टोरधनीलाई ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको जनाएको छ ।
यस्तै, टौखेलस्थित फुल्चोकी मिनिरल्स प्रालिबाट उत्पादित २० लिटरको जारमा पनि उचित निर्देशन बमोजिमको लेबल नरहेको र जारधुने, सफागर्ने स्थान पनि अव्यवस्थित पाएसँगै विभागले आवश्यक सुधारसहित विभागमा उपस्थित हुन निर्देशन दिएको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्