२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


धितोपत्र बोर्ड आइओएससीओको सदस्य बन्न सफल


0
Shares

काठमाडौं, साउन १८ । नेपाल धितोपत्र बोर्ड ‘आइओएससीओ’को सदस्य बन्न सफल भएको छ ।

धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आइओएससीओको बोर्डले नेपाल धितोपत्र बोर्डलाई जुलाई २०१६ देखि लागू हुनेगरी एसोसिएट सदस्यता प्रदान गरेको हो ।

कैयौं वर्षदेखि यसको सदस्यता प्राप्त गर्न प्रयासरत् बोर्डले हालै बजारलाई पूर्णस्वचालित बनाइ सुधारात्मक कार्य गरेसँगै सदस्यता प्राप्त गर्न सकेको बोर्डले जनाएको छ ।

यससँगै बोर्ड तथा नेपालको धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनुकासाथै अन्तर्राष्ट्रिय मापदन्ड बमोजिमको नियामक निकायकोरुपमा बोर्ड तथा नेपालको धितोपत्र बजारको पहिचान स्वतःस्थापित भएको बोर्डले जनाएको छ ।