
काठमाडौं, साउन १८ । प्रभु इन्स्योरेन्सले मुलुकभर छरिएर रहेका सहकारी संस्थाहरुमार्फत् पनि अनलाइन प्रिमियम भुक्तानीको व्यवस्था गरेको जनाएको छ ।
भूकम्प, नाकाबन्दी तथा मधेस आन्दोलनलगायतले बीमा क्षेत्रमा असर पारेको भन्दै सेवा बढी प्रभावकारी बनाउन सहकारीमार्फत् पनि अनलाइन प्रिमियम भुक्तानी दिन सुरु गरेको कम्पनीले जनाएको हो ।
२०औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा गरिएकोे कार्यक्रममा उक्त जानकारी गराइएको हो ।
कम्पनीका उपाध्यक्ष राजेन्द्र मल्लले दुर्गम जिल्लाहरुमा कृषि शाखा स्थापना गरी सेवा दिँदै आएको कम्पनी थप शाखा तथा उपशाखा स्थापना गरी सेवा विस्तार गर्ने योजनाकासाथ अगाडि बढिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्