
काठमाडौं, साउन १९ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल मातहत निकायका दुई महत्वपूर्ण कार्यालयको अचानक छड्केमा गएका छन् ।
मंगलबार बिहान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) गएका अर्याल दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो पुगेका थिए ।
सीआइबी र लागूऔषध नियन्त्रण ब्यूरोमा आईजीपी अर्यालले छड्के जाँच गर्दै दुबै निकायले गरेका कामको प्रशंसा गरेका थिए ।
सीआइबीमा ब्रिफिङ गर्दै उनले सीआइबीले अपराध अनुसन्धानमा पाएको सफलताबारे प्रशंसा गरेका थिए । लागूऔषध नियन्त्रण ब्यूरोमा उनले पछिल्लो समय लागू औषधका अन्तर्राष्ट्रिय गिरोहका सदस्य पक्राउ गरेकोमा खुशी व्यक्त गरेका थिए । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्