
काठमाडौं, साउन १९ । एक महिने गुँला पर्व आजबाट शुरु भएको छ । बर्सेनि साउन शुक्ल प्रतिपदाबाट पर्व सुरु हुने गर्दछ ।
पर्वका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका ठाउँठाउँमा बाजा बजाउने परम्परा छ । यसलाई नेपाल भाषामा धाः (गुँला) बाजा भनिन्छ ।
पर्व अवधिभर दैनिक बिहान बाजागाजाका साथ बौद्धहरु बहाबही जाने गर्दछन् । गुँलाबाजामा बाँसुरी, खिं लगायत बाद्य समावेश हुन्छन् । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो ।
यसरी गुँलाको अर्थ नवौं महिना हो । नेपाल सम्वत् सधैं नवौं महिनामा पर्ने भएकाले यो पर्वलाई गुँला पर्व भनिएको हो । यो पर्व बौद्ध धर्मावलम्बीको विशेष पर्व हो ।
पर्वभर बौद्धहरु विशेष गरी माछामासु खाँदैनन् । पर्वका क्रममा दैनिक बिहान बाजा बजाउँदै मठमन्दिर, बौद्ध बिहार र चैत्य जाने गरिन्छ ।
एक महिने पर्वका अवसरमा दैनिक आ–आफ्नो क्षेत्रका मठमन्दिर, बौद्ध विहारका साथै विशेष दिन विशेष ठाउँ घुम्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्