Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


वन मन्त्रालयले रौतहटका वन अधिकृतसहित ६ कर्मचारीलाई फिर्ता बोलायो


0
Shares

रौतहट, साउन १९ । वन मन्त्रालयले रौतहटका प्रमुख वन अधिकृतसहित ६ जना कर्मचारीलाई काजमा फिर्ता बोलाएको छ ।

इलाका वन कार्यालय धन्सारअन्तर्गत्को वन क्षेत्रमा तीन साताअघि २० ओटा हरियो सालको रुख काटिएपछि वन मन्त्रालयले जिल्ला वन अधिकृत भगवान गुप्ता, सहायक वन अधिकृत शुभनारायण यादव र रामकेवल यादवलाई वन मन्त्रालयमा हाजिर हुन काज सरुवा गरेको हो ।

यस्तै, जमदार ग्यासुदिन देवान, राजदेव कुसवाह र वनरक्षक वीरेन्द्र तिवारीलाई पनि वन विभागमा हाजिर हुन काज सरुवा भएको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।

त्यसक्षेत्रमा वन फडानी भएको समाचार सार्वजनिक भएपछि वन मन्त्रालयले गठन गरेको छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा उनीहरुलाई काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ