१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


नेमकिपाले दाहालको विपक्षमा मतदान गर्ने


0
Shares

                                                           फाइल फोटो

काठमाडौं, साउन १९। नेपाल मजदुर किसान पार्टीले व्यवस्थापिकमा संसदमा बुधबार (आज) हुने प्रधानमन्त्रीको निर्वाचनमा पुष्पकमल दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सो पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको अध्यक्षतामा बुधबार बसेको बैठकले सीमा क्षेत्रमा भारतीय हस्तक्षेपमाथि आवाज नउठाएको र नयाँ बन्ने सरकारको नीति–कार्यक्रम सार्वजनिक नभएकाले दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको जनाइएको छ ।

सो दलका सचिव सुनिल प्रजापतिले जारी गरेको विज्ञप्तिमा सीमा समस्या समाधान गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले कुनै प्रतिबद्धता व्यक्त नगरेकाले विपक्षमा रहने जनाइएको छ । रासस