९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


पुँजीबजार दोहोरो अंकले ऋणात्मक


0
Shares

काठमाडौं, साउन १९ । बुधबार पनि शेयरबजारमा दोहोरो अंकको गिरावट आयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको नयाँ प्रधानमन्त्री निर्वाचित भएकै दिन पुँजीबजार दोहोरो अंकले ऋणात्मक रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्सेमा १२ अंकको गिरावट आएर १८ सय १३ मा आइपुग्यो ।

कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से दोहोरो अंकले ओरालो लागेको हो । उत्पादनमूलक समूहमा सबैभन्दा उच्च ४१ अंकको कमी आयो । बीमा समूह ३३ अंकले ओर्लियो ।

जलविद्युत् समूहमा १७ अंकको कमी आयो । वाणिज्य बैंक, होटल, विकास बैंक र वित्त समूह पनि दोहोरो अंकले झरे । कारोबार पनि औसत दिनका तुलनामा केही न्यून रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको २५ लाख कित्ता शेयर १ अर्ब २८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।