
काठमाडौं, साउन १९ । बुधबार सुनको मूल्य पुनः उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले उकालो लागेर ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुचचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको मूल्य तोलाको ५९ हजार रुपैयाँमा स्थीर रहेको थियो ।
बुधबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ९ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १३ सय ७० डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्