Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन धमाधम काटिदैं


0
Shares

लहान, साउन २० । नेपाल विद्युत् प्राधिकरण लहानले लामो समयदेखि विद्युतको महसुल नबुझाउने सेवाग्राहीको विद्युतको लाइन धमाधम काट्न थालेको छ ।

प्राधिकरण कार्यालयले साउन महिनाको १७ गतेसम्ममा ४४ जना ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ ।

विद्युतको बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटक पटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको प्राधिकरण लहानका प्रमुख माधवप्रसाद यादवले बताए ।

उनका अनुसार विद्युत् लाइन काटिएको ४४ जना ग्राहकबाट करिब रु १० लाखभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको छ ।

विद्युत् प्राधिकरण कार्यालय लहानले आव २०७२/७३ मा पनि २८७ जना ग्राहकको विद्युतको लाइन काटेको र त्यसमध्ये ९१ जना ग्राहकबाट रु ३२ लाख १५ हजार ९७४ बक्यौता असुली गरेको थियो । प्राधिकरण लहानमा ५४ हजार ग्राहक रहेका छन् । (रासस)