Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


‘देशद्रोही’ भनेको आरोपमा पक्राउ परेका खत्रीलाई छाडिदिन प्रधानमन्त्रीको आग्रह


0
Shares

काठमाडौं, साउन २० । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूविरुद्ध नारा लगाइ प्रदर्शन गरेको आरोपमा पक्राउ परेका श्याम खत्रीलाई तत्काल छाड्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निर्वाचित भएलगत्तै बुधबार साँझ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले माइतीघर मण्डलामा आयोजना गरेको एक कार्यक्रममा अर्धनग्न रुपमा प्रदर्शन गरेका खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रधानमन्त्री दाहालका तर्फबाट उनका पुत्र प्रकाश दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई आज टेलिफोन गरी पक्राउ परेका खत्रीलाई छाडिदिन आग्रह गरेका हुन् ।

‘लोकतन्त्रमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नु नागरिकको मौलिक अधिकार भएकाले त्यसैको आधारमा पक्राउ गर्नु न्यायसङ्गत हुन नसक्ने भएकाले खत्रीलाई छाडिदिन प्रधानमन्त्रीले आग्रह गर्नुभयो, मैले सोही आधारमा प्रहरी महानिरीक्षकसँग कुरा गरेँ,’ प्रधानमन्त्री पुत्र दाहालले भने ।

प्रहरीले पक्राउ परेका खत्रीलाई आजै छाड्ने जनाएको छ । (रासस)

Skip This