२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


‘शिक्षा ऐन लागू गर्ने विषयमा विवाद भए फेरि समस्या’


0
Shares

काठमाडौं, साउन २० । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले भर्खरै पारित भएको शिक्षा ऐन कार्यान्वयन हुने हो भने समग्र शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने बताएका छन् ।

विहीबार राजधानीमा भएको छलफल कार्यक्रममा उनले शिक्षा ऐन लागू गर्ने विषयमा विवाद उत्पन्न भए फेरि समस्या आउने उनको भनाइ थियो ।

कार्यक्रममा शिक्षक सगंठनका अध्यक्ष बाबुराम थापाले अस्थायी शिक्षकको सम्बन्धमा ऐनले राम्रो व्यवस्था गरेको भन्दै कक्षा १ देखि ८ सम्म र कक्षा ९ देखि १२ सम्मका शिक्षकलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा मन्त्रालयले खासै गृहकार्य नगरेको बताए ।

यस्तै, अस्थायी शिक्षक आन्दोलनका अध्यक्ष निरेन्द्र कुवरले शिक्षा ऐनले आफूहरुलाई न्यान नगरेको दाबी गरे ।

छलफल कार्यक्रममा सामुदायिक विद्यालय महासघंका अध्यक्ष कृष्ण थापाले हाल रहेका विद्यालय व्यवस्थापन समितिहरु अब के हुने भन्ने पनि प्रस्ट हुनुपर्ने बताए ।