९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


रुपन्देही व्यापार संघद्वारा क्याम्पसलाई १० लाख सहयोग


0
Shares

रुपन्देही, साउन २० । रुपन्देही व्यापार संघले लुम्बिनी वाणिज्य क्याम्पस बुटवललाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

संघले विहीबार गरेको कार्यक्रममा संघका अध्यक्ष मोतीलाल पाण्डे र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले क्याम्पसका अध्यक्ष राजेन्द्रप्रसाद ओझालाई १० लाखको चेक हस्तान्तरण गरे ।

संघले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत् क्याम्पसलाई सहयोग गरेको जनाएको छ ।