
काठमाडौं, साउन २० । एभरेष्ट बैंक र सक्षमबीच वित्तीय सेवा पहुँच पुर्याउने विषयमा सम्झौता भएको छ ।
सोसम्बन्धी सम्झौता पत्रमा विहीबार एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालीया र सक्षम एक्सेस टु फाइनान्सका टिम लिडर बलजित बोहराले हस्ताक्षर गरे ।
यो सहमतिअनुसार बैंकिङ सेवा नपुगेका क्षेत्रमा बैंकले वित्तीय सेवा पुर्याउनेछ ।
एभरेष्ट बैंकको सेवा सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिम क्षेत्रका २७ जिल्लामा वित्तीय सेवा पुग्ने बैंक प्रमुख कार्यकारी अधिकृत अहलुवालीयाले बताए ।
सक्षमका टिम लिडर बोहराले ग्रामिण अर्थतन्त्रलाई सहयोग गर्न एभरेष्ट बैंकलाई सक्षमको प्राविधिक सहयोग रहने बताए ।
प्रतिक्रिया दिनुहोस्