Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


तलब बृद्धिको माग गर्दै हाइड्रोपावरका कर्मचारी आन्दोलित


0
Shares

फिदिम, साउन २१ । तलब बृद्धिको माग राख्दै पाँचथरको खोरंगा हाइड्रोपावरका कर्मचारी आन्दोलित भएका छन् ।

गत असार १७ गते र साउन ६ गते भएको सम्झौताबमोजिम तलब बृद्धि नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सम्झौता भएबमोजिमको तलब यथाशक्य दिलाइदिन माग राख्दै कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

कम्पनीले साउन २० गतेसम्ममा सहमतिअनुरुपको तलब बृद्धि गर्ने भनिए पनि अहिलेसम्म नगरेकाले काममा नगएको कर्मचारी भविन्द्र नेम्वाङले जानकारी दिए ।

२०६४ साल साउन १ देखि सञ्चालनमा आएको परियोजनाबाट अहिले ९ सय ९५ किलोवाट विद्युत् उत्पादन हुँदै आइरहेको छ ।