Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


एमए दोस्रो वर्षको परीक्षाफल प्रकाशित


0
Shares

काठमाडौं, साउन २१ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सन्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७१)को (सोधपत्रबाहेक) राजनीतिशास्त्र र संस्कृति विषयको केन्द्रीय परीक्षा सन्चालक समितिको निर्णयानुसार परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।

त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६८ अनुसार परीक्षाको मर्यादाविपरीत कार्य गरेकाले १४०१६७ क्रमांकका परीक्षार्थीलाई त्रिविबाट सन्चालन हुने कुनै पनिपरीक्षामा सम्मिलित हुन नपाउने गरी २०७२ सालको परीक्षासम्म दुई वर्षका लागि निष्काशन गरिएको छ । रासस

Skip This