
प्रकाश दाहाल
काठमाडौं, साउन २१ । प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख सचिवमा जोखबहादुर महरा नियुक्त भएका छन् ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका महरा दाहाल प्रधानमन्त्री हुनुअघि पनि दाहालको स्वकीय सचिवकारुपमा कार्यरत् थिए ।
यसैगरी, स्वकीय सचिवमा प्रधानमन्त्रीपुत्र प्रकाश दाहाल र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल नियुक्त भएको सचिवालयका सदस्य पूर्ण कार्कीले जानकारी दिए ।
प्रधानमन्त्रीको सचिवालयमा कार्कीसहित फोटो पत्रकार दिनेश श्रेष्ठ र मनोहर शर्मासमेत नियुक्त भएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्