
काठमाडौं, साउन २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार सरकारी निवास बालुवाटार सरेका छन् ।
आफ्नै निजी निवास लाजिम्पाटमा बस्दै आएका दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि शुक्रबार अपराह्न ४ बजे सरकारी निवास सरेका हुन् ।
प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका कर्मचारी एवं सुरक्षाकर्मीलगायतले स्वागत् गरेका थिए ।
प्रधानमन्त्री दाहालले आफू सबैसँग मिलेर काम गर्ने र एउटै परिवारको सदस्यकारुपमा रहने बताए ।
यस्तै, प्रधानमन्त्री दाहालले सरकारी निवासमा रहेको सामान नै प्रयोग गर्ने बताउँदै अत्यावश्यकबाहेक अरु कुनैपनि सामान नकिन्न प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई निर्देशन दिए । रासस
प्रतिक्रिया दिनुहोस्