
काठमाडौं, साउन २१ । नेपाल उद्योग वाणिज्य महासंघले नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई बधाइ एवं शुभकामना दिएको छ ।
शुक्रबार महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा गएको प्रतिनिधिमन्डले नयाँ सरकारले ल्याउने सबै प्रकारका नीति तथा कार्यक्रमहरुमा निजी क्षेत्र हातेमालो गर्दै साथ दिन तयार रहेको बताएको महासंघले जनाएको छ ।
नवनियुक्त अर्थमन्त्री महराले मुलुकका सामुन्ने धेरै चुनौती र गर्नुपर्ने कामहरु धेरै भएकाले निजी क्षेत्रसँग नजिकमा रहेर काम गर्ने विश्वास दिलाएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्