९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


नयाँ सरकारले निजी क्षेत्रलाई विश्वास गरोस् : मुरारका


0
Shares

काठमाडौं, साउन २१ । नेपाल उद्योग वाणिज्य महासंघले व्यवस्थापिका–संसदमा रोकिएका निजी क्षेत्रमैत्री ऐन छिटो पारित गर्ने अपेक्षा गरेको जनाएको छ ।

महासंघका अध्यक्ष पशुपति मुरारकाले शुक्रबार हामीसँग कुरा गर्दै निजी क्षेत्रसँग सम्बन्धित ऐन पारित गरी तत्कालीन एवं दीर्घकालीनरुपमा प्रभाव पार्ने काम नयाँ सरकारबाट हुने अपेक्षा गरिएको बताए ।

नेपालको निजी क्षेत्र पनि अन्य देशको निजी क्षेत्रसरह बलियो र प्रभावकारी रहेको भन्दै उनले निजी क्षेत्रलाई विश्वास गर्नुपर्नेमा पनि जोड दिए ।

उनले उर्जासंकट उद्योगी–व्यवसायीको ठूलो समस्या रहेको भन्दै उर्जा क्षेत्रमा लगानी गर्ने वातावरण बनाउन पनि आग्रह गरे ।