
काठमाडौं, साउन २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री दाहाल कांग्रेस सभापति देउवालाई भेट्न देउवा निवास बुढानीलकण्ठमा पुगेका थिए ।
दुई शीर्ष नेताबीच भएको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद् विस्तार र सरकारको न्यूनतम् साझा कार्यक्रम निर्माण गर्ने सम्बन्धमा छलफल भएको बताइएको छ ।
भेटमा आगामी हप्ताभित्र मन्त्रिपरिषद विस्तार गरी सक्ने र जनतालाई राहत दिने केही कार्यक्रम सार्वजनिक गर्नेबारेमा पनि छलफल भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्