
झापा, साउन २२ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूलाई नेपालको राजनीतिका महारथी ठान्नेहरुका कारण सीमाङ्कन विवाद सुल्झिन नसकेको बताए ।
प्रेस क्लव विर्तामोडले आज झापामा गरेको पत्रकार सम्मेलनमा डा. भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा मुलुकलाई नलगेसम्म नेपालले आर्थिक विकास र समृद्धिको दिशामा गति लिन नसक्ने बताए ।
पटक–पटक सत्ता समीकरणमा हुने फेरवदल रोक्न पनि प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनु पर्ने डा. भट्टराईको तर्क थियो । पार्टीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्न डा. भट्टराई झापा गएका हुन् ।
प्रतिक्रिया दिनुहोस्