२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु


0
Shares

कपिलबस्तु, साउन २२ । कपिलवस्तुको गुगौली–५ तीनघरवामा घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

घटनामा एक जना घाइते भएका छन् । शुक्रबार राति ९ बजेतिर बरन्डामा बसेर खाना खाइरहको बेला एक्कासी घर भत्किएको बताइएको छ ।

मृत्यु हुनेमा २४ वर्षीया सत्यवती भर, १४ वर्षीय चन्द्रवती भर र ६ वर्षीय अरबिन्द्र भर रहेको कपिलबस्तु प्रहरीले जनाएको छ । पक्की घरको छतको एक भाग खसेर थिचिँदा उनीहरुको मृत्यु भएको हो ।