Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


काठमाडौंमा हिरोशिमा र नागासाकीको आणविक विध्वंशबारेको फोटो प्रदर्शनी


0
Shares

काठमाडौं, साउन २२ । जापानको हिरोशिमा र नागासाकीमा गराइएको आणविक बम प्रहारबाट परेको प्रभावको स्मरण गर्दै शनिबारदेखि राजधानीमा फोटो प्रदर्शनी सुरु भएको छ ।

काठमाडौं जापानी भाषा इन्स्टिच्यूट प्रालिको आयोजनामा भएको फोटो प्रदर्शनीमा अमेरिकाले हिरोशिमा र नागासाकीमा आणविक बम खसाल्दा त्यसले पारेको प्रभावबारेका तीनदर्जन फोटो राखिएका छन् ।

सन् १९४५ अगस्ट ६ तारिखमा हिरोशिमामा खसालिएको आणविक बम प्रहारमा झन्डै ८० हजार व्यक्तिको मृत्यु भएको थियो भने त्यसको तीन दिनपछि अगस्ट ९ मा नागासाकीमा खसालिएको बम प्रहारमा झन्डै ४० हजार व्यक्तिको मृत्यु भएको थियो ।

सोही दिनको स्मरणमा प्रत्येक वर्ष अगस्ट ६ तारिखका दिन जापानको पिस मेमोरियल पार्कमा जम्मा भइ हजारौंले शान्तिको प्रार्थना गर्ने गर्दछन् ।