
काठमाडौं, साउन २२ । पूर्वप्रधानन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको दोहोरो चरित्रका कारण राष्ट्रिय राजनीतिमा जटिलता थपिएको आरोप लगाएका छन् ।
शनिबार राजधानीमा नेपाल अफ्रो एसियाली जनएकता संगठनले आयोजना गरेको छलफलमा उनले प्रधानमन्त्री दाहालको बोलीको विश्वसनीयता नभएको बताए ।
प्रधानमन्त्री दाहालको नाम नलिइकन ओलीले ‘मधेससमा जाँदा मधेससँग, पहाडमा जाँदा पहाडसँग प्रेम बस्यो भन्ने र अन्त्यमा सबैलाई धोका दिने प्रवृत्ति घातक’ भएको बताए ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्