Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


मलेसियामा एक नेपालीको तीन तलामाथिबाट फ्याँकेर हत्या


0
Shares

                                                                  फाइल फोटो

इटहरी, साउन २२ । सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–७ भुर्कीका नगेन्द्र चौधरी वैदेशिक रोजगारमा रहेकाबेला मलेसियामा शुक्रबार हत्या भएको छ ।

काठमाडौंको डमरु ओभरसिजबाट दुई वर्षअघि मलेसियाको कोनर्क इन्डस्ट्री कम्पनीमा रोजगारीका सिलसिलामा कार्यरत् रहेकाबेला चौधरीको हत्या भएको आफन्तलाई जानकारी आएको छ ।

हत्या गरिएका नगेन्द्र चौधरीसँगै एउटै कोठामा ६ जना बस्ने गरेको भएतापनि अरु पाँचजना साथी दिवा सेवा र उनको रात्रिकालीन ड्युटी सिध्याएर आइसकेपछि लुटपाट गरी हत्या भएको कम्पनीमा कार्यरत् भोजपुर निवासी प्रकाश बस्नेतले जानकारी दिएका छन् ।

आफ्नो काम सिध्याएर बिहान कोठामा आइ आराम गर्ने तरखरमा रहेको अवस्थामा मलेसियाको समय करिब दिनको साढे १२ बजेतिर हतियारधारी दुई लुटेराले ढोका तोडफोड गरी नियन्त्रणमा लिइ नगेन्द्रलाई होस्टलको तीन तलामाथिबाट फ्याँकेर हत्या गरेको बताइएको छ । रासस