
कञ्चनपुर, साउन २३ । सुदूरपश्चिमको महान् पर्व गौरा पर्व नजिकिएसँगै कञ्चनपुरमा देउडा खेल सुरु भएको छ । पछिल्लो समय लोप हुँदै गएको देउडा संस्कृतिप्रति स्थानीयको चासो बढ्दै गएको हो ।
गौरा नजिकिएसँगै विभिन्न संघसंस्थाले देउडा कार्यक्रम आयोजना गर्न थालेका छन् । चौपातो देउडा परिवारले सुदूरपश्चिमको संस्कृति जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको छ ।
पछिल्लो पुस्ताले विदेशी संस्कृतिको अनुसरण गर्दै आफ्नो मौलिक परम्परा र संस्कृतिलाई बिर्सन थालेकाले संरक्षणका लागि देउडा कार्यक्रम गरिएको आयोजकको भनाइ छ ।
गौरा पर्व नजिकिँदै जाँदा कञ्चनपुरको चोक चोकमा देउडा, धुमरीलगायत खेल सुरु भएका छन् ।
प्रतिक्रिया दिनुहोस्