३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


दाहाल नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गर्न सक्दैन् : अध्यक्ष वैद्य


0
Shares

चितवन, साउन २३ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने दावी गरेका छन् ।

चितवनको भरतपुरमा पत्रकारहरुसँग अध्यक्ष वैद्यले दक्षिणपन्थीको समर्थनमा बनेको सरकारले देश र जनताको हितमा कुनै काम गर्न नसक्ने बताएका हुन् ।

अध्यक्ष वैद्यले संसदीय व्यवस्थामा सरकार बनाउनु र भत्काउनु सामान्य भन्दै यस्तो व्यवस्थाले देशको विकास हुन सक्दैन भने ।

मधेसको जायज माग पूरा गर्नुपर्ने बताउँदै नेता बैद्यले संविधान संशोधनले मात्रै देशको समस्या समाधान नहुने दावी गरे ।