२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कवि दुर्गालाल श्रेष्ठको घरमा आगलागी, ६ वटा पसल जले


0
Shares

काठमाडौं, साउन २४ । ठमेल नरसिंहचोकस्थित कवि दुर्गालाल श्रेष्ठको घर आगलागी भएको छ । विद्युत सर्ट भएर लागेको आगो नियन्त्रणमा लिन करीब डेढ घण्टा लागेको थियो ।

पाँचवटा दमकल, सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । लोडसेडिङपछि अचानक विजुली आउँदा विद्युत सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । तल्लो तल्लाबाट सुरु भएको आगलागी सल्केर तीन तल्लासम्म पुगेको थियो ।

आगलागीबाट श्रेष्ठको घरमा रहेको झोलाको गोदाम, थान्का लगायतका ६ वटा पसल जलेर पूर्ण रुपमा ध्वस्त भएका छन् ।

श्रेष्ठको तीन तल्लामा रहेको सम्मान पत्रहरु पनि जलेको छ । आगलागीले लाखौंको धनमान जलेर नष्ट भएको छ ।