
पर्वत, साउन २३ । जिल्ला अस्पताल पर्वतमा केही दिन यता भाइरल ज्वरोका बिरामीको चाप बढ्न थालेको छ । वर्षा, मौसम परिवर्तन र दूषित खानेपानीका कारण विरामीको संख्या बढेको अस्पतालको भनाइ छ ।
अहिले जिल्ला अस्पताल पर्वतमा दैनिकजसो १ सय २० जनासम्म भाईरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।
अरु समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा दुई साता यता संख्या बढेको हो । जसमा अधिकांश भाइरलका विरामी छन् ।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भाइरलको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको छ । १५ शैयाको क्षमता रहेको अस्पतालमा अहिले बैकल्पिक शैयाको व्यवस्था गरेर बिरामीको उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्