
काठमाडौं, साउन २३ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत रणजित रायबीच भेटवार्ता भएको छ ।
सरकारबाट ओली बाहिरिएपछि भारतीय राजदुतले पहिलोपटक उनीसँग औपचारिक भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा नेपालको विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।
एमाले पार्टी कार्यालय धूम्बाराहीमा करिब एक घन्टा भेटवार्ता भएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जनाएका छन् । भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधान कार्यान्वयनको एजेण्डाबारे छलफल भएको बताइन्छ ।
ओलीले संविधान कार्यान्वयनमा आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको भारतीय राजदुतलाई प्रष्ट पारेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्