
काठमाडौं, साउन २३ । राष्ट्रिय युवा परिषद्ले आगामी बुधबारदेखि राजधानीमा तीन दिने राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ ।
परिषद्ले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी देशभरका युवाहरुलाई केही नयाँ सीप सिकाएर उनीहरुको नेतृत्व क्षमता विकास गर्ने र युवा दिवसलाई सार्थकता दिने उद्देश्यका साथ सम्मेलन गर्न लागिएको जनाएको छ ।
‘विश्व नेतृत्वमा युवा’ नाराका साथ आयोजना गर्न लागिएको सम्मेलनमा ७५ वटै जिल्लाबाट एक–एक पुरुष र महिलाको सहभागिता रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्