२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दूध बोक्ने ट्याङ्करको ठक्करबाट आमाको मृत्यु, छोरी गम्भीर घाइते


0
Shares

चितवन, साउन २३ । पश्चिम चितवनको शुक्रनगरस्थित शान्तिचोकमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

आइतबार दिउँसो १ः१५ बजेको समयमा भएको दुर्घटनामा परी नारायणी नगरपालिका–६ की ४७ वर्षीया प्रेमकुमारी पोखरेलको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

नारायणी नगरपालिका–३ स्थित शान्तिचोकमा सो दुर्घटना भएको हो । ग्रामीण सडकअन्तर्गत पूर्वबाट पश्चिम जाँदै गरेको ना४ख ३५१९ नम्बरको दूध बोक्ने ट्याङ्करले विपरीत दिशातर्फ आउँदै गरेको ना४प १५२५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

ट्याङ्करको ठक्करबाट घाइते भएकी प्रेमकुमारीको उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सो दुर्घटना स्कुटर चालक २१ वर्षीया चन्द्रकला पोखरेल गम्भीर घाइते भएकाले उनलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको छ । छोरी चन्द्रकलाले चलाएको स्कुटरमा आमा पछाडि बसेकी थिइन् ।

ट्याङ्करका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । (रासस)