२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मलामी गएका युवकको नदीमा डुबेर मृत्यु, अर्का एकजना बेपत्ता


0
Shares

भीमदत्तनगर, साउन २३ । कञ्चनपुरको दोदा नदीमा मलामी गएका एक युवकको आज बिहान डुबेर मृत्यु भएको छ ।

पुनर्वास नगरपालिका–१० स्थित दोदा नदीमा बिहान मलामी गएका सोही नगरपालिका–९ का १६ वर्षीय दीपेन्द्रसिंह ठकुरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिए ।

ठकुरीसँगै नदीमा नुहाउन हिँडेका १७ वर्षीय विकास श्रेष्ठ बेपत्ता छन् । पानी धमिलो भएकाले खोजी कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ । (रासस)