काठमाडौं, साउन २३ । नेपाल टेलिकमको रिचार्ज समस्या समाधान भएको छ ।
नेपाल टेलिकमले शनिबारदेखि रिचार्ज सिष्टम अपग्रेड गर्ने क्रममा रिचार्जमा प्राविधिक समस्या उत्पन्न भई ४१२ र १४१२ आइभिआर मार्फत रिचार्ज नहुने भएकोमा आइतबार अपरान्हबाट समस्या समाधान भई सेवा पूर्ववत शुरु भएको जनाएको हो ।
कम्पनीले यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै भविष्यमा यस प्रकारको समस्या दोहोरिन नदिन कटिबद्ध रहेको समेत जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्