२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


संविधान संशोधनमार्फत पहिचान र अधिकारलाई स्थापित गर्न सकिन्छ : सभामुख


0
Shares

काठमाडौं, साउन २३ । सभामुख ओनसरी घर्ती मगरले संविधान संशोधनमार्फत आदिवासी जनजातिको पहिचान र अधिकारलाई स्थापित गर्न सकिने बताएकी छन् ।

२२ औं विश्व आदिवासी दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले दलहरुबीच राजनीतिक सहमति भएमा संविधान संशोधनबाट अधिकार स्थापित गर्न सकिने बताइन् ।

कार्यक्रमका अन्य वक्ताहरुले संविधान संशोधनमार्फत पहिचान र अधिकारलाई स्थापित नगरे सडक आन्दोलन गर्ने बताएका थिए ।