पर्वत, साउन २४ । पर्वत सदरमुकाम कु्श्माबजारस्थित शिवालय चोक नजिकै रहेको बसपार्कमा पार्किङ्ग गरिएका बसमा आइतबार राति आगलागी भएको छ ।
बसपार्कमा राखिएको ग १ ख ४९३६ नम्वरको बसमा अचानक आगलागी हुँदा उक्त बस पूर्ण रुपमा क्षति भएको छ ।
आगलागी हुँदा नजिकै पार्किङ गरी राखेको ना ४ ख ९०३७ नम्बरको र ध १ ख ५६९ नम्बरको बसमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । आगो प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ ।









प्रतिक्रिया दिनुहोस्