Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


अमेरिकी राजदूतद्वारा प्रधानमन्त्री दाहालसँग भेटवार्ता


0
Shares

काठमाडौं, साउन २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिजबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्ध, संविधान कार्यान्वयन, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा कुराकानी भएको छ ।

भेटवार्ताका क्रममा राजदूत टेप्लिजले प्रधानमन्त्रीलाई बधाई तथा कार्यकालको पूर्ण सफलताको शुभकामना दिँदै काबुलमा भएको नेपालीको हत्याप्रति दुःख व्यक्त गरेकी थिइन् ।

साथै उनले नेपालको शान्ति, संविधान र समसामयिक राजनीतिबारे चासो राखेको प्रधानमन्त्री दाहालको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

जवाफमा प्रधानमन्त्री दाहालले बधाई तथा शुभकामना ग्रहण गर्दै सकारात्मक सहयोगका लागि अमेरिकी राजदूत, अमेरिकी सरकार र जनतालाई धन्यवाद दिएका थिए । (रासस)