१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


यसकारण लोप हुन लाग्यो राडीपाखी बुन्ने पेशा (भिडियो हेर्नुहोस)


0
Shares

-जितेन्द्र भण्डारी, ईमेज

पाँचथर, साउन २४ । पाँचथर जिल्लामा राडीपाखी बुन्ने पेशा दुर्लभ बन्दै गएको छ । चरनको अभावमा भेडा पाल्नेहरु कम हुँदै गएपछि राडीपाखी पेशा दुर्लभ बन्दै गएको हो ।

बिगतका दिनमा गाउँघरमा भेडा पालन र राडीपाखी राम्रो आम्दानीको स्रोतकै रुपमा लिने गरिन्थ्यो । अहिले जिल्लामा यो दुबै पेशा दुलर्भ बन्दै गएको छ ।

बनजंगल र चरन क्षेत्रमा अलैंची, जडिबुटि तथा कृषि जन्य बस्तुहरुको खेती लगाउन थालेपछि भेडा पालन संख्यामा कमि हुँदा उनको अभावमा राडिपाखी पेशा समेत दुलर्भ बन्दै गएको छ ।

पाँचथर, इलाम, र ताप्लेजुङ जिल्लाको उतरी पुर्वको उच्च स्थानमा यो पेशा बढि अपनाइएको पाइन्छ । भेडाको उन अभावमा अहिले गाँउमा अधिकांशले राडिपाखी पेशा छोड्दै गएका छन् ।

प्रति राडी ३ हजार देखि ९ हजारसम्म बिक्री हुने गरेको छ । पुरानो घरेलु उत्पादन गरीएको राडिपाखि नै किन्न ग्राहकहरु घरमै आउने गरेका छन् । पाँचथर च्याङथापुका दिकुरा गुरुङ बताउँछिन् ।

पाँचथरको च्याङथापु, फलैचा, ओयाम, सिदिन, प्राङबुङ, रानीटार लगायत दर्जन बढि गाबिसमा राडिपाखी पेशा र भेडा पालनबाट राम्रो आम्दनी हुने गरको छ ।

चरन क्षेत्रको आभाव कै कारण भेडा पाल्न सकिने अवस्था नरहेको पाँचथर रानीटार नौका भेडा पालन व्यवसायी फौजमान राइको भनाई छ ।