अपडेटः
नुवाकोट, साउन २४ । गोरखाको फिलिमबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको फिस्टेल एअरको ‘नाइनएनकेएएल’ कलसाइन भएको हेलिकोप्टर सोमबार नुवाकोटमा दुर्घटनाग्रस्त भएको छ ।
नुवाकोटको मदानपुर गाविस–९ चौतिसकिलोस्थित बेतिनी वनको सिरानमा हेलिकोप्टर खसेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले जानकारी दिए ।
अहिले घटनास्थलमा घुवाँ देखिएको र उद्धारका लागि प्रहरी परिचालन गरिएको उनले टेलिफोनमार्फत् जानकारी दिएका छन् ।
हेलिकोप्टरका पाइलट रञ्जन लिम्बु रहेका छन् । हेलिकोप्टरमा चालकसहित जम्मा ६ जना रहेको बताइएको छ ।
अहिले काठमाडौंबाटसमेत उद्धारका लागि हेलिकोप्टर घटनास्थल पठाइएको छ ।









प्रतिक्रिया दिनुहोस्