२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


दक्षिण एसियाली सामुदायिक रेडियोहरुको सम्मेलन भोलिदेखि काठमाडौंमा


0
Shares

काठमाडौं, साउन २४ । दक्षिण एसियाली सामुदायिक रेडियोहरुको सम्मेलन मंगलबार (भोलि)देखि काठमाडौंमा हुने भएको छ ।

सम्मेलनमा नेपालका साथै भारत, बंगलादेश, श्रीलंकालगायतका देशबाट करिब एक सयजना सामुदायिक रेडियोकर्मी तथा विज्ञहरुको सहभागिता रहने भएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा विपद् तथा अप्ठेरो अवस्थामा सामुदायिक रेडियोले खेल्नुपर्ने भूमिका, समुदायको विकासमा रेडियोको क्षेत्रबाट गर्नुपर्ने कामलगायतका विषयमा छलफल हुने बताइएको छ ।

सम्मेलनमा दक्षिण एसियाली राष्ट्र र यसबाहेक मलेलिया, बेलायतलगायतका देशका रेडियो विज्ञहरुले आफूले आर्जन गरेको ज्ञान, सीपलगायत साटासाट गर्नेछन् ।

सम्मेलनले काठमाडौं घोषणापत्रसमेत जारी गर्ने बताइएको छ ।