
अपडेट
पोखरा, साउन २४ । पोखराको फेवातालमा सोमबार डुंगा पल्टिँदा दुई युवक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा काठमाडौं, चक्रपथका १९ वर्षीय प्रतीक श्रेष्ठ र बसुन्धराका २३ वर्षीय एलन केसी रहेका छन् ।
सोमबार साँझ अबेरसम्म खोजी गर्दा पनि उनीहरुकोबारेमा केही थाहा नलागेको प्रहरीले बताएको छ ।
८ जना सवार डुंगा अनियन्त्रित भइ तालको बीचभागमा डुबेको थियो । डुंगामा सवार अरु ६ जनालाई भने सकुशल उद्धार गरिएको छ ।
फेवाताल पारी लेकहाउस होटलबाट पोखरा आउँदै गरेको डुंगा अनियन्त्रित भइ पल्टिएको थियो ।
क्षमताभन्दा बढी भार बोकेका कारण डुंगा पल्टिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्