Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


टिस्टुङमा १२ वर्षे ‘बौ थनेगु जात्रा’ सम्पन्न


0
Shares

मकवानपुर, साउन २४ । प्राचीन नेवार बस्ती टिस्टुङमा १२ वर्षे ‘बौ थनेगु जात्रा’ सम्पन्न भएको छ ।

जात्रा सम्पन्न भएको जानकारी गराउन सोमबार आयोजित कार्यक्रममा ज्यापु महागुथि टिस्टुङ लागाले प्राचीन सभ्यता भएको बस्तीको नामसमेत जोडी टिस्टुङ थाहा नगरपालिका नामाकण गर्न पनि माग गरेका छन् ।

प्रस्तुत् ९ बुँदे मागमा टिस्टुङमा रहेको लिच्छवीराजा अंशुवर्माको पालाको सिलालेखसहित विभिन्न प्राचीन सामग्रीको संरक्षण सम्बद्र्धन गर्न संग्रहालय निर्माण, हाल भग्नावषेशकोरुपमा रहेको मल्लकालीन दरबार संरक्षण, कुन्छाल–कुलेखानी रामलाल मार्गलाई रामलाल मार्ग घोषणा, थानकोट– चित्लाङ–चन्द्रागिरी सडक निर्माण, विनाशकारी भूकम्प पर्यटनमैत्री ढंगबाट नमुना बस्तीकोरुपमा निर्माण तत्काल आवश्यक सहयोग गर्न पनि माग गरेका छन् ।

बज्रबाराही मूर्ति निर्माण, झम्केश्वरी माविलाई प्राविधिक शिक्षालयकोरुपमा पुनःविकास गर्न पनि माग गरेका छन् ।

यस्तै, कुलेखानी प्रभावित क्षेत्रमा प्राप्त हुने रोयल्टी पारदर्शीताका साथै विद्युत्को न्यूनतम् शुल्क मिनाहा गरियोस् भनी मागसमेत छन् ।

Skip This