२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नवनियुक्त महान्यायाधिवक्ता रमन श्रेष्ठद्वारा शपथ


0
Shares

                                                           फाइल फोटो

काठमाडौं, साउन २४ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा नवनियुक्त महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त महान्यायाधीवक्ता श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

सो समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री दाहाल, सभामुख ओनसरी घर्ती, संवैधानिक अंगका प्रमुखहरू, नेपाल सरकारका सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

यसअघि, सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले श्रेष्ठलाई नियुक्त गरेकी थिइन् ।

सरकारको कानुनी सल्लाहकारकारुपमा श्रेष्ठले कार्यभार सम्हाल्नेछन् । श्रेष्ठ नेपाल बार एसोसिएसनका पूर्वमहासचिव हुन् । रासस