२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


पहिरोका कारण पर्वतका झण्डै ९९ परिवार विस्थापित हुने खतरामा


0
Shares

पर्वत, साउन २४ । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण पर्वतका झण्डै ९९ घरपरिवार विस्थापित हुने खतरामा परेका छन् ।

असार पहिलो सातादेखि शुरु भएको मनसुन सक्रिय बनेसँगै जिल्लाको जनजीवन प्रभावित बनेको हो ।

हालसम्म वर्षासँगैको बाढी पहिरोका कारण झण्डै एक दर्जन घरपरिवार विस्थापित बनिसकेका छन् भने झण्डै ९९ घरपरिवार स्थिापितको खतरामा परेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी गराएका छन् ।

उनका अनुसार वषासँगै बस्ती माथिबाट आएको पहिरोका कारण उत्तरी पर्वतको माझफाँट गाविस–९ का ६ घर पुर्ण रुपमा विस्थापित बनिसकेका छन् ।

बस्ती स्थानान्तरण गर्नुपर्ने ठाउँहरुलाई सुरक्षित स्थानमा सार्नका लागि गृहकार्य भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रविण ढकालले जानकारी दिए ।

जुनसुकै बेला पनि पहिरा आउने वा कालीगण्डकीको कटानका कारण दुर्घटना निम्तिने भयका कारण स्थानिय वासीहरुलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।