२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


क्रान्तिकारी पत्रकार महासंघमा नयाँ कार्यसमिति


0
Shares

काठमाडौं, साउन २५ । वैद्य नेतृत्वको नेकपा माओवादी सम्बद्ध पत्रकारहरूको संगठन क्रान्तिकारी पत्रकार महासंघमा नयाँ नेतृत्व चयन भएको छ ।

महासंघको प्रथम राष्ट्रिय सम्मेलनले इन्द्र राउतको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा नारायण पंगेनी निर्वाचित भएका छन् भने महासचिवमा केशरमणि कटुवाल, सचिव रामकुमार श्रेष्ठ, कोषाध्यक्षमा अमिरमैया रन्जितकार चयन भएका छन् ।

सम्मेलन नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सोमबार उद्घाटन गरेका थिए । सोमबारै साँझ महासंघको नयाँ कार्यसमिति चयन भएको हो ।