
धादिङ, साउन २५ । पृथ्वीराजमार्गअन्तर्गत बेनीघाट गाविसको मालिङ्गामा माइक्रोबसले मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा७३प ८६९२ नम्बरको मोटरसाइकललाई काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना५ख ७२७८ नम्बरको माइक्रोबसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जा घर भएका २४ वर्षीय सोनम केसीको घटनास्थलमै मृत्यु भएको तथा मोटरसाइकलको पछाडि बसेका गुल्मीका २५ वर्षीय विकास अर्यालकोे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्