२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


‘लामखुट्टेले सुत्नै दिएन, लामखुट्टे भगाउन घुर बाल्दा घर जल्यो’


0
Shares

मलंगवा, साउन २५ । सर्लाहीमा लामखुट्टे भगाउन राति घरभित्र घुर बाल्दा एउटा घरमा आगलागी भएको छ ।

खुटौना–४ का निवासी महेन्द्र साह कानुको घरमा आगलागी भएको हो । आगलागीबाट उनको कच्ची घरमा रहेका सबै सामान नष्ट भएका छन् ।

महेन्द्र भन्छन्,’ लामखुट्टेले रातभरी सुत्न दिएन, राति १ बजेतिर उठेर लामखुट्टे भगाउन घुर बालेको, घर नै जल्यो ।’

लामखुट्टे धपाउन बालेको घुरबाटै कच्ची घरमा आगो लागेको हो । आगलागीबाट घरभित्र रहेका विभिन्न फर्निचर र भाँडा जलेर क्षति भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरी चौकी खुटौनाको टोलीले आगो आधा घण्टाभित्रै नियन्त्रणमा लिएको थियो ।