
पोखरा, साउन २५ । आइतबार साँझ फेवातालमा डुङ्गा पल्टिदा बेपत्ता भएका दुई जना अझै फेला पर्न सकेका छैनन् ।
आइतबार साँझसम्म खोज्दा पनि फेला नपरेपछि आज विहानैदेखी खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
डुङ्गा पल्टिदा बेपत्ता भएका काठमाडौं चक्रपथका १९ वर्षीय प्रतिक श्रेष्ठ र बसुन्धराका २३ वर्षीय एलिन केसीलाई फेला पार्न नसकिएको हो ।
उनीहरुको खोजीको लागि सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित स्थानीय माझीको टोली प्रयोग गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।
डुङ्गा पल्टिएको ठाउँलाई केन्द्रमा राखेर नजिकका क्षेत्र तथा तालको तल्लो क्षेत्रमा खोजी भइरहेको छ ।
डुङ्गा पल्टीदा डुवेका ६ जनाको भने सकुशल उद्धार गरिएको थियो । उद्धार गरिएका मध्ये पाँच जनाको गण्डकी मेडिकल कलेजमा उपचार गरिएको छ भने एक जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्